समाचार

३ महिनाको बीचमा १८ पुल भत्किए



काठमाडौँ – लगातारको वर्षाले २०७८ वैशाखयता मात्रै १८ वटा पुल भत्किएका छन् । बर्षा लागेसँगै निर्माणाधीन र निर्माण सकिएर सञ्चालनमा रहेका पुलहरु भाँचिने र बगाउने क्रम उच्च दरमा बढेको छ ।

सरकार यसको जिम्मेवारी लिनुभन्दा पनि ठेकेदारहरु बाढी र खोलालाई नै दोष दिएर पन्छिने गरेका छन् । सवारी चलिरहेका पुलको सुरक्षामा गम्भीर नदेखिएको सरकार पछिल्लो सयममा पुल निर्माणका क्रममा हुने लापरवाही र गुणस्तरहीन काममा पनि मुकदर्शक बनिरहेको छ । पुल भत्किँदा न निर्माण व्यवसायीले आफ्नो कमजोरी स्वीकारेका छन्, न सरकारले दोषी ठहर गरेर कारवाही गर्न कुनै कदम चालेको छ ।

पुल निर्माणमा भइरहेको यस्तो लापरबाही र बनेका पुलको असुरक्षाका पक्षलाई बेलैमा सम्बोधन नगर्दा वैशाखयता मात्रै १८ वटा पुलहरु क्षतिग्रस्त भएका छन् । यी पुल भत्किँदा करिब १ अर्ब २५ करोड नोक्सान भएको छ ।