समाचार

काठमाडौंको बौद्धबाट १४ लाख ५९ हजार ९०० रुपैयाँसहित २८ जुवाडे पक्राउ



काठमाडौँ – काठमाडौंको बौद्धबाट १४ लाख ५९ हजार ९०० रुपैयाँसहित २८ जुवाडे पक्राउ परेका छन् ।

गए राति बौद्ध, सिमलटारस्थित वाङचु शेर्पाको घरबाट उनीहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुको साथबाट १४ लाख ५९ हजार नेपाली रुपैयाँ, भारतीय रुपैया ११ हजार ४००, एक लाख र ८० हजारको चेक बरामद भएको छ । यस्तै, ३० थान कौडा, ताससमेत बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा लालबहादुर विक, मानबहादुर तामाङ, अशोक घिसिङ, रन्जित खड्गी, अमर गुरुङ, पुरुषोत्तम चालिसे, प्रकाश घले, चरण विक, दोर्जे शेर्पा, प्रविन लामा, वाङचु शेर्पा, रन्जेन लामा, पासाङ शेर्पा, स्रमाट लामा, चन्द्र लामा, चिनकुमार गोले, राजन लामा छन् ।

यस्तै, अशोक गिरी, रेखा गुरुङ, विकाश तामाङ, जगतबहादुर गुरुङ, लक्ष्मी घलान बानियाँ, गीता लामा, ओममाया गुरुङ, सुशीला श्रेष्ठ, सरिता मल्ल गुरुङ, रन्जिता शाक्य र शान्ति लामालाई पनि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।