विदेश

यसरी पत्ता लगाउनुहोस् तपाईको फेसबुक अरुले चलाइरहेको


काठमाडौँ – विभिन्न विषयमा रहेका असहमतिमाथि खुलारुपप्राय सबैको मोबाइलमा हुने एप मध्य फेसबुक पनि एक हो । हाल नेपालमा करिब सवा करोड भन्दा बढीले फेसबुक प्रयोग गर्दछन् ।

फेसबुक आजको समयमा जिवनको एक हिस्सा जस्तै बनेको छ । व्यस्त जिवन शैलीलाई जोड्न फेसबुकले अहम भूमिका खेलेको छ । तर कहिले काहीँ यही फेसबुकको दुरुप्रयोगका कारण विभिन्न घटनाहरु समेत घटका छन् । कतै तपाइको फेसबुक पनि अरुले पो चलाइरहको छ कि एक पटक चेक गर्नुहोस् ।

यसरी थाहा पाउनुहोस् तपाइको फेसबुक अरुले चलाए नचलाएको :

  • सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लग इन गर्नुस् ।

त्यसपछि अकाउन्ट सेटिङमा जानुस् ।

त्यसपछि ‘Security and login ’लेखिएकाे ठाउँमा click गर्नस् ।

त्यहाँबाट ‘ Where you’re logged in’ को अप्शन देखिन्छ ।

त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइस र ठाउँकाे जानकारी पाउन सक्नु हुने छ ।

यसरी यदि त्यसमध्ये आफूले लगइन गरेभन्दा फरक डिभाइसमा फेसबुक खोलिएको पाइएमा ‘log Out of All Sessions’ गनुहाेस् । यसो गर्दा अरुले खोलेको तपाईको अकाउन लग आउट हुन्छ ।