देश

निषेधाज्ञाको समयमा हराएका मोटरसाईकल प्रहरीद्वारा धनीलाई हस्तान्तरण


काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले निषेधाज्ञाको समयमा हराएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न स्थानबाट हराएका मोटरसाईकल र स्कुटरलाई आज महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर छन् । हराएको सवारी साधन फेला परेपछि सवारी धनीहरु पनि खुसी भएका छन् । महाशाखाले यस आर्थिक बर्षमा मात्रै हराएका ४ सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ ।