समाचार

शिक्षा सुधार्ने शिक्षकले हो, राजनीतिज्ञले बिगार्ने काम मात्रै गरे : प्रा.डा. विद्यानाथ कोइराला



काठमाडौँ – शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले कोरोना महामारिले प्रभावित भएको शिक्षा क्षेत्रलाई सामान्य अवस्थामा फर्काउनका लागि सरकारले ठोस कदम चाल्न नसकेको बताउनुभएको छ । योहो टेलिभिजनको कार्यक्रम एजुकेशन टकमा कुरा गर्दै कोइरालाले पठन पाठनमा कोरानाले अवरोध पुर्याउदा सरकारि प्रभावकारि विकल्प खोज्न नसकेको बताउनुभएको हो ।

भर्चुअल तरिकाले पठन पाठन गराउन खोजे पनि त्यसले सबै विद्यार्थीलाई समेट्न नसकेको उहाको भनाई छ । लकडाउन र निषेधाज्ञा अवधिमा देखिएका समस्या समाधानका लागि पनि सरकार चुकेको उहाँको आरोप छ ।

शिक्षण शुल्क विवादले विद्यालय र अभिभावक तथा तलब विवादले विद्यालय र शिक्षकबीच बिग्रिएको समस्या समाधानका लागि सबै पक्ष मिलेर सहमति खोज्न उहाले सुझाब दिनुभएको छ । भिडियोसहित –