समाचार

मंगलबार बढ्यो सुन र चाँदी दुवैको मूल्य



काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी ५ रुपैयाँले वृद्धि भएको हो ।

गत सोमबार बजारमा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ८०० रुपैयाँ पुगेको छ भने चाँदी ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३३० रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९१ हजार ३०० रुपैया पुगेको महासंघले जनाएको छ ।