देश

बैंकिङ कसुर मुद्दामा कलाकार शिशिर राणा पक्राउ


काठमाडौँ – कलाकार शिशिरशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले राणालाई विजुलीबजारबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

ब्युरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो । २०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।

उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको डीआईजी सिंहले बताउनुभयो ।

हेर्नूस विज्ञप्ति :