काठमाडौँ –बाग्मती प्रदेश सरकारले सवारीको कर, जरिवाना तथा अन्य दस्तुर र बीमा रकम नागरिक एपबाटै तिर्न सकिने व्यवस्था गर्न लागेको छ। यातायात सम्बन्धि सेवालाई प्रविधिमैत्री र सहज बनाउन यो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ।
नागरिक एपमा रहेको सवारी कर पोर्टलमा आफ्नो सवारीको विवरण अद्यावधिक गराउन भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले आग्रह गरेको छ। बागमती प्रदेशका यातायात व्यवस्था र सेवा कार्यालयमा दर्ता भएका तथा नवीकरण गरिएका सवारीहरुको विवरण अद्यावधिक गर्ने काम भइरहेकाले विवरण अद्यावधिक गर्न आग्रह गरेको हो।
यातायात व्यवस्था सूचना प्रणालीको वेव पोर्टलमा गई मोबाइल भेरिफाई गरेर समेत आफ्नो सवारीको विवरण अद्यावधिक गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ।
प्रतिक्रिया