राजनीति

विपत् व्यवस्थापनका लागि महानगर तयारी अवस्थामा


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले मनसुनजन्य विपत् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ ।
काठमाडौँ महानगरपालिका विपत् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले भोलिका दिनमा आइपर्न सक्ने विपत व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताउनुभयो ।

नदिमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको बताउनु भयो । बाढी घरभित्र पसेमा सरसफाई गर्ने लगायतका कामको लागि पनि तयार रहेको उहाँले बताउनुभयो । उहाँले बाढी आएको खण्डमा दुई सय जना नगरप्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिनुभयो । ¥यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उहाँले बताउनुभयो ।