देश

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक


काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० मा उमेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता गर्ने, कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।