राजनीति

सर्वाेच्चमा संसद् विघटनविरुद्धको मुद्दामा बहस जारी


काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज पनि बहस जारी छ । आज संवैधानिक इजलासमा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

उनीहरूको बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले आजै राय दिनेछन् । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । उनीहरूको बहससँगै सबै सुनुवाइ सकिनेछ । यसपछि फैसलाको प्रतीक्षा हुनेछ ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।