कोरोना विशेष

काठमाडौँ उपत्यकाभित्र हट्यो जोर–बिजोर प्रणाली, निषेधाज्ञा एक साता थप(निर्णयसहित)


काठमाडौँ – काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ । निषेधाज्ञा अझ खुकुलो बनाइएको छ । अब उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्दै सफा टेम्पो र माइक्रो बसलाई पनि चल्न दिने निर्णय गरेको हो । यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । अब असार २२ गते (मंगलबार)देखि भने टेम्पो र नीलो माइक्रो बस पनि चल्ने भएका हुन् ।

बैठकले स्वीकृत सिट क्षमता अनुसार टेम्पो र निलो माइक्रोलाई पनि चल्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।