राजनीति

प्रतिनिधिसभा विघटन : सभामुखका तर्फबाट बहस सकियो


काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

अहिले सभामुखका तर्फबाट बहस सकिएको छ । सभामुखका तर्फबाट बहसका लागि पाएको २ घण्टाको समयमा ५ जना वकिलले बहस गरे । सभामुखका तर्फबाट बहस सकिएपछि अहिले रिट निवेदक पक्षको जवाफी बहस सुरु भएको छ।

जवाफी बहसका लागि सुरुमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ आएका छन् । जवाफी बहसका लागि रिट निवेदक पक्षलाई ३ घण्टाको समय दिइएको छ ।