राजनीति

तत्कालका लागि एमाले एकता सम्भव नभएको गौतमको दावी


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले तत्काल पार्टी एकता सम्भव नभएको बताउनुभएको छ । गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताउनुभएको हो ।


राष्ट्रियसभाको बैठक पछि संघीय संसदभवन नयाँवानेश्वरमा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले दुई शीर्ष नेताबीचको मनमुटावकै कारण दोश्रो तहका नेताको प्रयास पनि सार्थक नभएको बताउनुभयो । गौतमले आफु भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओली तिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताउनुभयो ।

यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने संञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेश पछि सम्भव हुने बताउनुभयो ।