राजनीति

नेपालले गरे ओलीसँग भेट्न अस्वीकार


काठमाडौँ – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताउनुभएको छ ।


नेता पौडेलसहित स्थायी कमिटी सदस्यद्वय सुवास नेम्वाङ र शंकर पोखरेलले आज नेता नेपाललाई भेट्नुभएको थियो । भेटमा प्रधानमन्त्रीसंग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिनुभयो । दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको उहाँले बताउनुभयो ।