समाचार

फिलिपिन्समा सैनिक विमान दुर्घटना, कम्तीमा १७ जनाको मृत्यु


काठमाडौँ – फिलिपिन्समा हवाई सेनाको विमान दुर्घटनाग्रस्त भएको छ । ८५ जना सैनिक सवार विमान आइतबार दक्षिण जोलो आइल्याण्डमा दुर्घटनामा परेको फिलिपिन्सका अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ ।

कम्तीमा १७ जनाको मृत्यु भएको र संख्या बढ्न सक्ने उल्लेख छ । फिलिपिन्सको सेनाका प्रमुख जनरल सिरिलितो सोबेजानाका अनुसार अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटनामा परेको हो ।

पातिकुल बजारको बाङ्गकाल गाउँ नजिक विमान दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट ४० जनाको उद्धार गरिएको उनले बताएका छन् ।

उद्धारका लागि आफूहरुको तर्फबाट सक्दो उच्चस्तरको प्रयास भएको बताएँदै जनरल सिरिलितोले आगो नियन्त्रणमा लिएर उद्धारको काम भएको जनाए । सी–१३० हर्कुलस विमानमा सैनिकसँगै पाँचवटा सैनिक सवारी साधन पनि थिए ।