राजनीति

संसद् विघटन मुद्दा : सभामुखको तर्फबाट बहस सुरु


काठमाडौँ – प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा आज (आइतबार) सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस सुरु भएको छ ।

सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । सभामुखको तर्फबाट बहस गर्ने वकिलहरुलाई दुई घण्टाको समय दिइएको छ ।

आजै रिट निवेदक पक्षका वकिलहरुले जवाफी बहस पनि गर्ने तयारी छ । जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिने र फैसलाको मिति तोकिने सर्वोच्च प्रशासनले जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटहरुमाथि संवैधानिक इजलासमा असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।