राजनीति

पूर्वविद्यार्थी नेताहरुसँग संयुक्त विद्यार्थी संगठनले अन्तक्रिया कार्यक्रम गर्दै


काठमाडौँ – प्रतिनिधिसभा संसद विघटनविरुद्ध आन्दोलनरत बिपक्षी गठबन्धन सम्बद्ध पाँच विद्यार्थी संगठनले आज अन्तरक्रिया कार्यक्रम गर्दै छन् । आइतबार काठमाडौँको प्रदर्शननीमार्गस्थित रत्न राज्य क्याम्पसमा मध्यान्न १२ बजेदेखि कार्यक्रम सुरु हुने नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिनुभयो ।

उनका अनुसार अन्तक्रिया कार्यक्रममा पूर्वविद्यार्थी नेताहरु विश्वप्रकास शर्मा, , हिमाल शर्मा, रमेश मल्ला, जगन्नथ ढकाल, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, गंगा नारायण श्रेष्ठ, गुरुराज घिमिरे, प्रदीप पौडेल, देवेन्द्र पराजुली भिम राई, घनश्याम न्यौपाने मानुषी यमी भट्टराई, कृष्ण अधिकारी लगायत वक्ताका रुपमा सहभागी रहने छन ।

शुक्रबार नेविसंघ अध्यक्ष राजीब ढुंगाना, अखिल ९क्रान्तिकारी० का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विध्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष बिमल पोखरेल बैठकले पूर्व विद्यार्थी नेताहरुको सहभागितामा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो। ५ विद्यार्थी संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन पनि गर्दै आएको छन् ।