समाचार

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध


काठमाडौँ – पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभानमा शनिबार राति १० बजे पहिरो खसेको हो ।

राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।