राजनीति

संघीयता र धर्म निरपेक्षताबारे बहस गरौं


काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने बताएका छन् । शनिबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने आवाज उठेका हुन् ।

बस्नेतले भनेका छन्, ‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि बहस गरौं ।’ यसअघि पनि ओली पक्षका निरु पाललगायतले संघीयता खारेज गर्नुपर्ने मत सामाजिक सञ्जालहरुमा राखेका थिए । तर यस पटक भने ओलीका विश्वासका पात्र बस्नेतले पार्टीकै बैठकमा यस विषयको प्रवेश गराए ।

बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा जानुपर्ने र दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीमा पनि अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकाल भन्दा बढी दोहोरिन नपाउने व्यवस्था गर्नुपर्ने बस्नेतको प्रस्ताव छ ।