राजनीति

अर्को पार्टीमा जानेलाई पर्खिने होइन, यात्रामा अगाडि पनि साथी भेटिन्छन् : प्रधानमन्त्री ओली



काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनका सन्दर्भमा फैसला आउँदासम्म जसको हस्ताक्षर शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती एमाले नरहने बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले माधव नेपाललाई प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ रु भनेर प्रष्ट बताइसकेको र यो कुरा नलुकेको बताए । ओलीले भने– फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन् ।

अध्यक्ष ओलीले जेठ २ को सन्दर्भमा पनि प्रष्ट पारेका छन् । उनले पार्टी जेठ २ मा फर्किसकेको भन्दै जो आउँदैन उसलाई नपर्खिने बताए । ओलीले भने– जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।