राजनीति

जेठ २ को मार्गमा पुर्‍याउन सकिदैन : महासचिव पोखरेल


काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव कुमार नेपालले भनेजस्तै पार्टीलाई जेठ २ गतेको अवस्थामा पुर्‍याउनुपर्ने मागलाई स्वीकार्न नसकिने बताएका छन्। शनिबारको केन्द्रीय कमिटी बैठकमा आफूले पेस गरेको संगठनात्मक प्रतिवेदनका सन्दर्भमा जवाफ दिने क्रममा महासचिव पोखरेलले माओवादी केन्द्रबाट आएका नेताहरु बाहिरिनुपर्ने गरी जेठ २ को मागलाई स्वीकार्न नसकिने बताएका हुन्।

‘जेठ २ को लेजिटिमेन्ट र एकताको स्पिरिड सहितको एमाले हो यो । जेठ २ पछि थपिएका ४१ जना ९केन्द्रीय सदस्य०को केसमा सबै नेताहरूको हस्ताक्षर छ । सहमति भएको हो,’ नेता पोखरेलले भने। महासचिव पोखरेलले जेठ २ भनेर पार्टी एकता र संगठनलाई कमजोर पार्न नसकिने बताए।

पार्टीविरूद्ध लागेकाहरूलाई सोही पदको जिम्मेवारी दिन नसकिने र अहिलेको नै ठाउँमा त्यही अनुसार काम पनि महासचिव पोखरेलले नेपाललाई सुझाएका छन् ।