राजनीति

असारमसान्त भित्र क्रियाशिल सदस्यको टुंगो लगाउनु पर्ने



काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले असारमसान्त भित्र सम्पुर्ण काम सम्पन्न गर्ने गरि काममा तिब्र दिएको छ । कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिए संगै क्रियाशिल सदस्य छानविन समितिलाई समय मै काम सम्पन्न गर्ने दबाब बढेको छ ।

देशैभरिका स्थानीय पालिकाको वडा वडाबाट सिफारिस हुने क्रियाशिल सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुंगो लगाउन समस्या परेको थियो । पुराना सदस्यहरुको क्रियाशिल सदस्यको नविकरणमा समस्या नभएपनि नयाँ सदस्य र विभिन्न पार्टीहरु एकिकरण भई समायोजनमा आएकाहरुमा विवाद देखिएको छ ।

क्रियाशिल सदस्यको सूची प्रमाणित गरेर वडा, गाउपालिका नगारपालिका प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हुदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ । छानविन समितिका सदस्य एंव केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरेले प्राप्त विवरणहरुलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समायमा छानविन गरि विवरण सभापतिलाई बुझाउन सकिने बताउनुभयो ।

नेपाली कांग्रेसको क्रियाशिल सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ । कांंग्रेसको १४ औ महाधिवेशन आगामी भदौ १६ देखि १९ गते सम्म काठमाण्डौमा हुनेछ । कांग्रेसको १३ औ महाधिवेशन २०७२ फागुनमा काठमाण्डौमा भएको थियो ।।