राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक जारी



काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । माधव नेपाल समूहका नेताहरुको सहभागिता नरहेको बैठकमा समसामयिक राजनीति, संगठनका गतिविधिका साथै पार्टीभित्रको समस्या समाधानबारे छलफल हुने बताइएको छ ।

महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा माधव कुमार नेपाल समूहका नेताहरुको भने सहभागिता रहेको छैन ।