राजनीति

दोस्रो तहका नेताहरुको बैठक सकियो, हस्ताक्षर बारे कुरै भएन


काठमाडौँ – ललितपुरको समिट होटलमा भएको भएको नेकपा एमालेको दोस्रो तहका नेताबीचको छलफल सकिएको छ ।

सो छलफलमा एकताका लागि प्रयास भईरहेको समयमा बैठक नगर्न नेपाल पक्षका नेताले आग्रह गरेको बुझिएको छ । ‘एकताको प्रयास भइरहेको बेला बैठक नराख्न हामीले सुझाव दिएका छौं’, ती नेताले भने,‘ उहाँहरूले अध्यक्षलाई भन्छौं भन्नुभएको छ।’

हिजो प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका थिए । हिजो केहीबेर बैठक बसेर आजको लागि स्थगित भएको थियो । देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरबारे भने छलफल नभएको र आफूहरूले गरेको हस्ताक्षर फिर्ता गर्ने मनसाय पनि नरेको उनले स्प्रष्ट पारे ।

उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने खनाल(नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे सहभागी भएका थिए।