काठमाडौँ – क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या १३० पुगेको छ । गत सोमवार यता गर्मीका कारण ज्यान गुमाउनेको संख्या १३० पुगेको हो ।
मृत्यु हुनेमा धेरै ज्येष्ठ नागरिक छन् । अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या अझै बढ्ने त्यहाँका अधिकारीले जनाएका छन् । मंगलबार लगातार तेस्रो दिन क्यानडाको ब्रिटिस कोलम्बियास्थित लाइटनमा अहिलसम्मकै सर्वाधिक तापमान ४९.५ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यो साता अगाडि उक्त क्षेत्रमा तापमान ४५ डिग्री सेल्सियसभन्दा बढी मापन भएको थिएन ।
उत्तर पश्चिमी अमेरिका र क्यानडाको आकाशमा तातो हावाको उच्च प्रवाह हुँदा सो क्षेत्रमा गर्मी बढेको बताइएको छ । भ्यानकुभर सहरमा मात्र ६५ जनाले गर्मीकै कारण ज्यान गुमाए । बर्नबे क्षेत्रमा मात्र ३४ जनाको एक्कासी मृत्यु भएको छ भने सर्रे क्षेत्रमा ३८ जनाले ज्यान गुमाएका छन् । इन्भाइरोमेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिस कोलम्बिया र अलबेटासहितका ठाउँलाई चेतावनीसहितको सूचना जारी गरेको छ ।


प्रतिक्रिया