राजनीति

जसपा नेता राजेन्द्र महतो भारतीय दूतावासमा


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौँस्थित भारतीय दूतावास जानुभएको छ । उहाँ बुधबार दिउँसो १२:२५ मा लैनचोरस्थित भारतीय दूतावास प्रवेश गरेका श्रोतले जानकारी दियो ।

यसअघि पटक–पटक भारतीय दूतावाससँग छलफल गरी सरकारमा प्रवेश गरेका महतो सर्वोच्चको आदेशले सरकारबाट बाहिरिएपछि फेरि भारतीय दूतावास प्रवेश गर्नुभएको हो । उपप्रधानमन्त्री बनेपछि बहुल राज्यसम्बन्धी अभिव्यक्तिका कारण महतो विवादमा पर्नुभएको छ ।