राजनीति

सत्तारुढ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै


काठमाडौँ – सत्तारुढ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्र्रीय कमिटीमा रुपान्तरण गर्ने नेताहरूले बताएका छन् । पार्टी एकताका लागि केन्द्रीय कमिटीमा रुपान्तरणको नीति लिएको संस्थापन पक्षले बताएको छ ।

तर, खनाल–नेपाल पक्षले भने महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर नहुने बताएको छ । २०७५ जेठ २ कै अवस्थाबाट पार्टी र भातृ संगठन सक्रिय हुनुपर्ने खनाल–नेपाल पक्षको माग रहेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने निर्णय गरिसकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको ज्ञवालीले बताउनुभयो ।