समाज

वीरगञ्जमा घरभित्रै महिलाको शव भेटियो


काठमाडौँ – वीरगञ्ज–८ पानीटंकीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेनिएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको पति लागू औषध मुद्दामा दोषी ठहर भई कारागारमा छन् । वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन् । पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार महिलाको मृत्यु शंकास्पद देखिएको छ ।

‘शरीरमा चोकपटक तथा निलडाम छैन, मृतकको नाकबाट फिज आएको छ । ऐनाको सीसा र मोबाइल फुटेको देखिएको छ, कोठामा बियरका बोतलहरु पनि छन्’ उनले भने, ‘घटना संकास्पद छ, अनुसन्धानका लागि कोठामा आइरहने युवकलाई नियन्त्रणमा लिएका छौं ।’