समाचार

पहिरोले तातोपानी सडकखण्ड अवरुद्ध


काठमाडौँ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ सखुवामा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको बाह्रबिसे तातोपानी सडकखण्ड अवरुद्ध भएको छ ।

आज बिहान साँढे – ७ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । यस्तै सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो भरिरहेका कारण गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।