खेलकुद

बेल्जियमको फिफा वरीयतामा शीर्ष स्थानसम्मको यात्रा

आफ्नै देशमा आयोजना भएको युरोकपको समूह चरणबाटै बाहिरिएको बेल्जियमले आफ्नो सम्पूर्ण फुटबल रणनीतिको जराबाट नै समीक्षा गर्न थाल्यो ।


काठमाडौँ – यति बेला १६ औं सस्करणको युरोकपको चर्चा छ । २४ राष्ट्र सहभागी प्रतियोगितामा अधिकांश देश उपाधिका दावेदार छन् । त्यसमध्ये एक हो बेल्जियम । धेरै संघर्षकमा बाबजूद जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको बेल्जियमको अनेक किस्सा छन् ।

कुनै पनि खेलमा राष्ट्रलाई भूगोलले सानो र ठूलो आँकलन गर्न सकिदैँन । अझ भनौं मिल्दैन । यो कुराको पुष्टि बेल्जियमको पुरुष राष्ट्रिय फुटबल टोलीले गरेको छ । जारी युरोकपमा सामेल २४ राष्ट्रमध्ये बेल्जियम तेस्रो सानो राष्ट्र हो । तर, युरोकपको नक आउट चरणमा पुग्ने इटालीपछिको दोस्रो राष्ट्र बनेको छ । बेल्जियम २०१८ को विश्वकपपछि निरन्तर फिफा वरीयताको शीर्ष स्थानमा रहदैँ आएको छ । फुटबलमा बेल्जियमको यो छलांग त्यसै आएको भने विल्कुलै होइन । बेल्जियमले फुटबल ईतिहासमा नै सन् २००० मा पहिलो पल्ट युरोकपको आयोजना गर्याे । तर, त्यो आयोजना बेल्जियम र त्यहाँको जनताका लागि बिर्सन लायक रह्यो । किनभने बेल्जियमले समूह चरण पार गर्न सकेन । भनिन्छ नि गल्तीबाट नै पाठ सिकिन्छ । बेल्जियमको फुटबलमा पनि त्यही युरोकप टर्निङ प्वाइन्ट बन्यो ।

आफ्नै देशमा आयोजना भएको युरोकपको समूह चरणबाटै बाहिरिएको बेल्जियमले आफ्नो सम्पूर्ण फुटबल रणनीतिको जराबाट नै समीक्षा गर्न थाल्यो । परम्परागत र कडा रक्षापङ्क्तिसहितको फम्र्याटलाई बदली थप लचिलो र आक्रामक फरम्याटमा प्रस्तुत गर्यो । यो फम्र्याटले खेलाडीहरूलाई बलप्रति थप जिम्मेवारी हुन बाध्य बनायो । ग्राउण्ड लेभलदेखि नै खेलाडी उत्पादनमा जोड दिएको बेल्जियमले पहिलो खेलमा भने नराम्रो नतिजा ल्यायो । रणनीतिमा फेरबदल गरेसँगै पहिलो पटक फ्रान्सको यू– १७ उमेर समूहसँग ७–१ ले हार व्यहोर्नु पर्याे । रणनीतिमा ल्याएको परिवर्तनले केही समय भने लियो तर फ्रान्ससँग हारेको अर्काे वर्ष त्यही उमेर समूहलाई पराजित गर्याे । अहिले विश्व फुटबल हल्लाई रहेका रोमेरो लुकाकु, केभिन डि ब्रुएन र इडेन हाजार्ड तात्कालिन समयमा क्रमश आठ, दश र दश वर्षका थिए । २००५ देखि २००७ को अवधिमा बेल्जियम फिफा वरियतामा १६ औँ स्थानबाट झरेर ७१ औँ स्थान पुग्यो । २००४ देखि २०१२ सम्म उ कुनै पनि ठूला प्रतियोगितामा छनोट हुन सकेनन् ।

यस अवधिमा दुई विश्वकप र तीनवटा युरोपेली च्याम्पियनसिप बेल्जियमले गुमायो । अर्थातजति सोचिएको थियो त्योभन्दा पनि धेरै पीडा बेल्जियमले पायो । तर लामो प्रतीक्षापछिको फल २०१४ मा ब्राजिलमा भएको आफ्नो पहिलो विश्वकपमा नै क्वाटरफाइनलसम्म पुगेर देखाईदियो । जसमा बेल्जियम अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो । त्यस्तै २०१८ को विश्वकपमा फ्रान्ससँग पनि १–० ले स्तब्ध हुँदै सेमिफाइनलबाट बाहिरियो । त्यसपछि भने बेल्जियम विश्वफुटबलमा छाईरह्यो । २०१६ देखि बेल्जियमको राष्ट्रिय टिम सम्हालेका स्पेनीस नागरिक रोबर्टो मार्टिनेजको भुमिका पनि अविस्मरणीय छ । उनले नेतृत्व सम्हाले पछि टिमले पछिल्ला ५२ खेलमा तीनको औसतले गोल गर्दै आएको छ । ३० हजार दुई सय ८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको मुलुकमा करिब एक करोड १६ लाखको हाराहारीमा जनसंख्यो छ ।

अहिले बेल्जियमको टिममा युरोपका सबै ठूला लिगबाट खेल्ने खेलाडीहरु रहेका छन् । लुकाकु इटालीयन च्याम्पियन इन्टर मिलानबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् । हाजार्ड, कोर्टवा भने रियल मड्रिडमा अनुबन्धित छन् । डि ब्रुएन इंलिस क्लब म्यान्चेष्टर सिटीबाट खेल्छन् । बोरेसिया डर्टमुन्डबाट खेल्ने इडेनका भाइ थोर्गान हाजार्ड एल्डरवाइरेल्ड, र थोमस मुनियरलाई चिनाइराख्नु पर्ने खेलाडी होइनन् । बेल्जियममा अहिलेका लागि मात्रै नभई निकट भविष्यमा सफलता हात पार्न सक्ने क्षमतावान् खेलाडी छन् । बेनफिकाका जान भर्टोङहेङ र फरवार्डहरू नापोलीका ड्राइस मर्टिन्स र गत सिजन क्रिस्टल प्यालेसबाट ऋणमा खेलेको चेल्सी मिची बात्सुइ रहेका छन् । लेस्टर सिटीका २४ वर्षका मिडफिल्डर युरी टिलम्यान्सलाई टोलीको उदयमान खेलाडीका रूपमा लिन सकिन्छ । उनले एफए कपको फाइनलमा यसै सिजन लेस्टर सिटीका लागि निकै उत्कृष्ट गोल गरेका थिए ।