राजनीति

संंवैधानिक इजलासमा आजको बहस सकियो, रिट निवेदकको २ घण्टा ३५ मिनेट बाँकी

अर्को सुनवाइ आइतबार


काठमाडौँ – संसद् विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारकोे बहस सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा सुनुवाइ जारी छ ।

शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । उनीहरुले एकपटक संसदमा विश्वासको मत गुमाएको व्यक्ति फेरि प्रधानमन्त्री बन्न नहुने तर्क गरेका थिए ।

रिट निवेदक तर्फका कानुन व्यवसायीलाई छुट्याएको समय अब २ घण्टा ३५ मिनेट बाँकी छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गर्नुभएको हो । अब रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस आइतबार सकिने छ ।