राजनीति

अदालतको निर्णयले ठाकुर–महताको वेहाल


काठमाडौँ – प्रधानमन्त्री केपीशर्मा ओलीलेआफ्नो सत्ताको टेकोका रुपमा अघि सारेकाहरु अदालतको फैसलासँगै घर न घाटको भएका छन् । यस अघि माओवादी छाडेर एमाले गएकाहरुले भोगेको यो नियतीअहिले जसपाको पूर्व राजपा घटकले ब्यहोरेको छ । अर्थात मधेशका मुद्धा सम्बोधनभएर सरकारमागएकाबताउने उनीहरु म्यादीमन्त्रीमासिमितभएका छन्भने मुद्धाहरु समेत अलपत्र परेका छन् ।

जनता समाजवादी पार्टीमामहन्थ ठाकुर–राजेन्द्र महतोले पटक पटकभनेकाथिए – जसले हाम्रो एजेन्डा पूरा गर्छ, हाम्रो साथ उसैसँग हुन्छ । पुष ५ मा पहिला पटक संसद विघटनपछि प्रधानमन्त्री केपीशर्मा ओलीलाई साथदिनकुनै दलतयार थिएनन् । महन्थ–महतो गुटका लागिपनिकमजोर प्रधानमन्त्रीबाट जतिभने पनिलाभलिन सकिन्छभन्ने थियो । तर बाहिर जनताअल्मल्याउन संविधान संशोधन, नागरिकताबिधाएक, मुद्दा फिर्ता र रेशमचौधरी रिहा जस्ता विषय उनीहरुले अघि सारेका थिए ।

आफ्ना मागहरु पनि पूरा गराउने र सत्तामा पनि जाने दोहोरो फाइदातिर यो गुट क्रियाशील भयो । अन्ततमुद्धा सम्बोधन भएको भन्दै ओली सरकारमा सहभागी पनि भयो । जबकी ठाकुर–महतो गुटले सबैभन्दा धेरै कसैको आलोचना गरेको थियो भने त्यो – केपी शर्मा ओलीकै गरेको थियो । प्रधानमन्त्री ओलीले विदेशीदूतलाई आफ्नै निवासमा बोलाएर मध्यरातमा भेटेको र विदेशी शक्तिको आडमा उटपट्याङ गर्न थालेको भनेर चर्चा हुन थालेपछि सबैभन्दा अप्रिय ओलीसँग महन्थ महतो गुटको दोस्ती अप्राकृतिक ढंगले गाँसियो । प्रधानमन्त्री ओलीलाई उपेन्द्र बाबुराम पक्ष, माओवादी र उनकै पार्टीका माधव नेपालसमूहले समेत साथ छोड्दा महन्थ महतोले काँध थापे ।

प्रधानमन्त्री ओलीले नागरिकता सम्बन्धी अध्यादेश, सयभन्दा बढी मुद्दा फिर्ता, थारुहरुसँग रेशमचौधरी रिहाई सम्बन्धी सम्झौता गरेर मधेशको माग पुरा गरेकाथिए । तरनागरिकता सम्बन्धीअध्यादेश अदालतले खारेज गरिदिएको छ भने रेशमचौधरीको रिहाई प्रचलित कानुन बमोजिम हुने भनिएको छ । अनि अदातलतले गत मंगलबार जसपाका ११ मन्त्रीहरुको पद पनि खोसि दिएको छ । अहिले महन्थ पक्षको भागमा न पद, न नागरिकता, न रेशम, केही छैन । ‘सत्ताभन्दा ठूलो कुरा मधेसी जनताको अधिकार हो ’ भन्दै भाषण गर्ने नैतिक हैसियतपनियो पक्षलेगुमाएको छ । संविधानपुनर्लेखनको मागगर्ने उपेन्द यादव गुट र संशोधनको माग राख्ने महन्थमहतो गुट दुवैको माग स्वत औचित्यहिन भइसकेको छ ।

हुन त नेपालमा राजनीति निष्ठा र सिद्धान्तका लागि नभई सत्ताका लागि हुन्छ भन्ने यस अघिका विभिन्न घटनाक्रमले बताई सकेको छ । मधेशका ठेकेदार मान्ने मदेशीदलहरु सत्ता पाउना साथ मुद्धा नै बन्धकी राखेर दौडिहलने प्रबृद्धि कायमै छ । तर यो पल्ट भने जसपाको ठाकुर–महतो गुट यसरी विफलभयो कि आगामी दिनका लागि सत्ता आरोहणको आधार समेत गुमायो । अर्थात प्रतिगमनकारीको मतियार भएको आक्षेप त खेप्यो खेप्यो मदेश मुद्धा हाम्रो चासो हो भन्ने नैतिकता समेत गुमायो ।