राजनीति

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सम्पादकहरुसित छलफल गर्दै


काठमाडौँ – विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज सम्पादकहरुसित छलफल गर्ने भएका छन् ।

गठबन्धनका कांग्रेस, माओवादी, एमालेको माधवकुमार नेपालपक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता बिहीबार दिउँसो २ बजे बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा सम्पादकसँग अन्तरक्रिया गर्ने भएका हुन् ।

अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेता सहभागी हुनेछन् ।