Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

जातीय विभेदको आरोपित घरबेटीलाई छुटाउने शिक्षामन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग


काठमाडौँ – जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई हिरासतबाट छुटाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट बर्खास्त गर्न एमालेकै भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ ।

रूपा सुनारलाई कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ बहिष्कार गरेको अभियोगमा पक्राउ परेकी काठमाडौँ बबरमहलकी घरधनी सरस्वती प्रधानलाई बुधबार मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्ति (सिंहदरबार) पुगेर हिरासतमुक्त गराई आफ्नो झण्डावाल गाडीमै लिफ्ट लिएर लगेका छन् ।