राजनीति

ओलीले गरे आफू निकट नेतासँग छलफल


काठमाडौँ – प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले आफू निकट नेतासँग छलफल गर्नुभएको छ । सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्ती खारेज गरेसँगै ओलीले आगामी रणनीति तय गर्न छलफल गर्नुभएको हो ।

एमालेले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अस्वभाविक भनेको छ । अदालतको आदेश लगत्तै ओलीले पदमुक्त भएका मन्त्रीसँग छलफल गर्नुभएको थियो । छलफलमा ओलीले पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्ने बताउनुभएको थियो ।