राजनीति

राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्छ : अर्जुन नरसिंह केसी


काठमाडौँ – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताउनुभएको छ । नेता केसीले सरकारले विकास र समृद्धिका ठुला कुरा नगरी यतिखेर नेपालीको जिवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताउनुभएको हो ।

राजनीति पछि पनि गर्न सकिने भन्दै उहाँले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । नेता केसीले अहिले सबै राजनीतिक दल र सरकारले जनताको स्वास्थ्यलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताउनुभयो ।