राजनीति

निषेधाज्ञा खुल्नासाथ रेल सञ्चालन गर्न निर्देशन


काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खुल्नेवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री नेम्वाङले पानिजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न वित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिनुभएको हो । नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री नेम्वाङले पानिजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्नेकुरा पनि स्पष्ट पार्नुभयो । खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उहाँको भनाई छ । आगामी दिनको कार्यायोजना स्पष्ट रुपमा बनाएर काममा लाग्न पनि उहाँले पानिजहाज कार्यालयलाई निर्देशन दिनुभयो ।