राजनीति

मन्त्रिपरिषद् विस्तार गर्ने ओलीको कदमविरुद्ध विपक्षी गठबन्धनको आपत्ति, पाँच दलको विरोध


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद रुपमा मन्त्रिपरिषद् विस्तार गरेपछि विपक्षी गठबन्धनका नेताहरुले विरोध जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, (जसपा)का नेता उपेन्द्र यादव र सत्तारुढ नेकपा एमालेकै बिद्रोही पक्षका नेता माधवकुमार नेपालले विरोध जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले आजमात्रै एमाले र जसपाका गरि सात जना मन्त्री सहभागी गराई मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । संसद् विघटन र प्रधानमन्त्री ओलीको निरन्तरतासम्बन्धी मुद्दा न्यायपालिकामा विचाराधीन रहेका बेला ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।