देश

लागु औषधमा संलग्न भएको भन्दै ललितपुरबाट पाँच जना पक्राउ


काठमाडौँ – प्रहरीले ललितपुरबाट ५ जनालाई लागु औषध कारोबारमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । पाँच जनामध्ये दुई जनालाई जेठ २१ गते पक्राउ गरे पनि बाँकी तीन जनालाई भने पछि पक्राउ गरेको हो ।
पहिले पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट राज महर्जन र कृष्ण कुमार बिकलाई रहेका छन् । उनीहरुको बयानका आधारमा बालकुमारी र ग्वार्को क्षेत्रबाट थप ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले बताए । पक्राउ पर्नेमा शक्तिलाल साहु, राजकुमार शाह र रुपेश बादिकार छन् ।

इन्सपेक्टर हरी ओली नेतृत्वको टोलीले आरोपीहरुको साथबाट ५९ एम्पुल डाइजेल्याव, ६२ एम्पुल नुफ्रिन र ५९ एम्पुल फेनारगन बरामद गरेको छ । आरोपीहरुमाथी प्रहरीले लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।