समाचार

खुट्टा भेटिएको स्थान नजिकै मासुको टुक्रा पनि फेला


काठमाडौँ – काठमाडौँको बौद्धस्थित नयाँ बस्तीमा वयस्क व्यक्तिको एउटा खुट्टा फेला परेको स्थानभन्दा ५ सय मिटर पर मानिसको पोलिएकोै मासुको टुक्रा पनि फेला परेको छ।
हिजो भेटिएको दायाँ पैताला र उक्त मासुका टुक्रा पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए। हत्या गरेर शव व्यवस्थापन गर्ने क्रममा यी वस्तु छाडिएको अनुमान गरिए पनि कसको हत्या गरियो भन्ने पत्ता लागेको छैन।

प्रहरीले शवको पहिचान गर्न बेपत्ता व्यक्तिहरुका आफन्तसँग सम्पर्क बढाएको छ। डीएनएको रिपोर्ट आएपछि संभावित मान्छेसँग डीएनए जाँचिने प्रहरीले जनाएको छ। थप अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ।