देश

मोरङमा पेस्तोलसहित दुईजना पक्राउ


काठमाडौँ – मोरङ प्रहरीले केराबारीबाट अवैध हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही गाउँपालिका ९ देवीझोडाका गणेश लिम्बु रबेलबारी नगरपालिका–२ लालभित्तीका पदमकुमार लिम्बु पेस्तोल तथा गोलीसहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गणेशले वन्यजन्तु चोरी सिकारीका लागि हतियार र गोलीको बन्दोबस्त मिलाएको आशंका गरिएको छ। ५१ वर्षीय लिम्बुको घरबाट प्रहरीले कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको थोली पाँच थान, गोली लोड गर्ने चाचर दुई थान र पेस्तोलको गोली एक थान बरामद गरेको छ भने ४१ वर्षीय पदमको को१च ८३६८ नम्बरको कारमा खुकुरी, चक्कु फेला परेको छ। यस विषयमा थप जाँचबुझ भईरहेको छ ।