राजनीति

प्रदेश २ : प्रतिपक्षी दलद्धारा संसद बैठक अवरुद्ध


काठमाडौँ – प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन् ।

विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मान्य नहुने भन्दै बैठक अवरुद्व गरेका हुन् । उनीहरुले उक्त निर्णय नसच्याएसम्म बैठक अवरुद्ध राख्ने बताएका छन् ।

बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले आग्रह गरे पनि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने बताए ।

विपक्षी दल नमानेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।