कोरोना विशेष

कोरोना नियन्त्रणमा खटिएकाको सम्मानमा रत्नपार्कका भित्तामा चित्र कोरियो


काठमाडौँ – कोरोना संक्रमणको उच्च जोखिमका बेला अग्रपंक्तिमा खटिरहेकाहरूको सेवामा सम्मान स्वरुप काठमाडौँका भित्तामा चित्र कोर्न थालिएको छ । स्वास्थ्यकर्मी, प्रहरी, सरसफाइकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिएकाहरूको सम्मानका लागि रत्नपार्क क्षेत्रका भित्तामा चित्र कोरिएको छ ।

नेविसंघ नेता दुजाङ शेर्पाले भन्नुभयो, स्वास्थ्यकर्मीलगायत महामारीमा दिनरात खटिरहनुभएको छ । उहाँहरूले हजारौं बिरामीको उपचार गरिरहनुभएको छ। तर सम्मान जति हुनुपर्ने त्यो भएको छैन । सकरात्मक सोचौं र महामारीमा खटिएकाहरूलाई सम्मान व्यक्त गरौं भनेर भित्तामा चित्र कोर्न थालेका हौं,’।

शेर्पाले आफ्नै खर्चमा चित्र कोर्नका लागि कलाकारहरूलाई लगाउनु भएको हो । चित्र कोर्न तीन जना कलाकार खटिएका छन् । करिब ६० हजार खर्चमा यो काम सकिने शेर्पाले बताउनुभयो ।