राजनीति

ओलीले राष्ट्रवादको लगौटी खुस्किसकेको थाहै पाएनछन् : रामचन्द्र पौडेल


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चुरे ध्वस्त बनाएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पौडेलले सत्ताको पछि भौतारिँदै गर्दा रास्ट्रवादी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेश नै डुवाउने खेलमा लागेको बताउनु भयो ।

‘सत्ता होइन ब्यबस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा रास्ट्रवादी केपीओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै गुमाउने डुवाउने , साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र बहुल रास्ट्र मुक्तिसँग्राम गर्न’, उनले भनेका छन् ।

नेता पाडेलले प्रधानमन्त्री ओलीले सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै नपाएको बताएका छन् ।

‘सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् ।
ओली रास्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसकेछन्’, उनले भनेका छन् ।