राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पनि विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि मंगलवार प्रदेश सभामा विश्वासको मत लिने भएका हुन् ।
नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्ट अल्पमतमा परेका थिए । एमालेको ओली पक्षले १० जेठमा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यद्यपी नेपाल–खनाल समूहको बहुमत रहेको एमाले प्रदेश संसदीय दलले भने १२ जेठमा समर्थन यथावत राख्ने निर्णय गरेको थियो।

बजेट अधिवेशनमा एमालेको ओली समूहका सांसद पठान सिंह बोहराले समर्थन फिर्ता लिएको बताउँदै मुख्यमन्त्री भट्ट अल्पमतमा रहेकोले रानीनामा दिनुपर्ने माग गरेका थिए। जेठ १४ मा ओली समूहले माओवादी केन्द्रको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसद सचिवालयलाई जानकारी गराएको थियो।