राजनीति

मन र पार्टी मिलाउने कुरा गरौं : शंकर पोखरेल


काठमाडौँ – नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अब मन मिलाउने र पार्टी मिलाउने कुरा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आइतबार ६ बुँदे प्रस्तावमार्फत आह्वान गरेसँगै पोखरेलले अब २०७५ जेठ २ गतेको अवस्थामा फर्कने भएकाले एकताको पहल गर्न आग्रह गरेका हुन् । समस्या नेतृत्वबीचको भएको उनको निष्कर्ष छ ।
“जेठ २ मा फर्किने कुरा भो । अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौँ । जनता पार्टीको साथमै छन् । समस्या नेतृत्वबीचको हो । पहल गरौँ,” पोखरेलको आग्रह छ ।

ओलीले सर्वोच्च अदालतमा दायर रिटबाट खनाल–नेपाल समूहले हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ गतेअघिको संरचनामा फर्कन तयार रहेको बताएका हुन् ।