समाज

सिरहामा गोली चल्यो, एकजना घाइते


काठमाडौँ – सिरहाको मिर्चैयामाकस्थित अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

मिर्चैया नगरपालिका ५ स्थित स्थानीय रामसागर साफी अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

गोली चलाउने समूहको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो । घाइते साफीको मिर्चैयामा उपचार भइरहेको छ ।