काठमाडौँ – कुनैबेला भारत विरोधी भएर राष्ट्रवादी कहलिएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले भारत परस्त भएको आरोप खेपि रहेका छन् । वर्तमान संकटलाई आँकलन गरेर आफू बलियो हुन माहिर मानिएका ओलीलाई भारतको साथ रहेकोले नै उनको विकल्प खोज्न विपक्षीलाई मुस्किल परेको बताइन्छ ।
गत वर्षको पुस ५ मा भएको प्रतिनिधिसभा विघटनलाई सर्वाेच्चले उल्ट्याईदियो । वैकल्पिक सरकार गठनको सम्भावना हुँदाहुँदै संसद् विघटनको परिकल्पना नगरिएको सर्वोच्चको ठहर थियो । तर पाँच महिनाकै अवधिमा ओलीले जेठ ७ को मध्यरातमा दोस्रो पटक संसद् विघटन गरेर पुनः मध्यावधि निर्वाचनको घोषणा गरे ।
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार दिन विपक्षीले बहुमत पु¥याएकै बेला ओलीले आफ्नो पनि बहुमत दाबी गर्दा मुलुक पुनः अस्थिरताको खेलमा परेको हो । अहिले संसद् विघटनविरुद्धका ३० वटा रिटमाथि सर्वाेच्चको संवैधानिक इजलासले सुनुवाई र फैसलाको चाजोपाजो मिलाइरहेको छ । तर मुलुकको आन्तरिक राजनीतिमा ओली राजको आयु भने बलियो नै देखिन्छ । पछिल्लाकदमले प्रधानमन्त्री ओलीको राजनीतिक कधलाई घटाएको छ । तर सत्ताको खेलमा भने ओली झनझन शाली देखिएका छन् ।यसैकारण ओलीको शासनले विपक्षी थकित हुँदै गएका छन् । ओलीलाई भारतले बोकेकै कारण विकल्प दिन मुस्किल परेको विपक्षीहरु बताउँछन् ।
प्रधानमन्त्री ओलीको सर्वसत्तावादी शासक बन्ने लालसा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दुराष्ट्रको आकांक्षामाथिनेपालको संसद् र संविधान बाधक बन्दा ओलीले त्यसैमाथि प्रहार गर्न थालेको विपक्षीहरुको तर्क छ । सत्तामा टिकिरहन भारतकै पक्षमा ओली उभिरहेका बेला राष्ट्रपतिको प्रयोग गरेर चीनलाई पनि ब्यालेन्समा राख्ने कामओलीले गरिरहेका छन् ।
त्यतिमात्रै होइन एमसीसीलाई अघि बढाएर अमेरिकालाई समेत खुशी पार्ने ओलीको प्रयास जारी नै छ ।तर संसद् विघटनको मुद्धा अदालतमा विचाराधीन अवस्थामै रहेकाले फैसलाले ओलीलाई धक्का लाग्न सक्ने आँकलन गरिएको छ । तर कतिपयले भने अहिले अदालतबाट संसद् पुनःस्थापनाको सम्भावना नरहेकाले ओली अजीवित बन्ने बाटोमा अघि बढेको बताउने गरेका छन् ।
सत्तामा टिकिरहन प्रधानमन्त्री ओलीले कोभिडको महामारीलाई समेत अस्त्रका रुपमा प्रयोग गरिरहेका छन् । विपक्षी गठबन्धन सडकमै आएर ओलीको प्रतिवादमा उत्रिने संकेत गरेकै बेला ओलीले अध्यादेश जारी गरेर संकटकाल लगाउनेसम्मको सम्भावित कदमलाई गोजीमा राखेर हिडिरहेको देखिन्छ । सम्भावित संकटको आँकलन गर्दै हिड्ने ओलीलेआवश्यक पार्न विभिन्न अस्त्रप्रयोग गर्ने गरेका छन् । अहिले झन भारतलाई दाहिने पारेर हिडिरहेका ओलीलाई नेपालका आन्तरिक शक्तिले चाहेर मात्रै सत्ताबाट अपदस्थ गर्ने सम्भावना भने झिनो हुँदै गएको छ ।
प्रतिक्रिया