राजनीति

शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी


काठमाडौँ – नेकपा एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । २०७४ चैत्रमा ओली सरकारमा पहिलो पटक कानून मन्त्री बनेका तामाङले बंगलादेशमा पढ्ने छात्राको विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा परेपछि नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो ।

तामाङ फेरि सरकारमा सहभागी हुनुभएको छ । सिन्धुपाल्चोकबाट २ पटक प्रत्यक्ष निर्वाचित सांसद तामाङले कोरोना महामारीको समयमा सरकारमा स्वास्थ्य मन्त्रालयको नेतृत्व पाउनुभएको छ । प्रधानमन्त्री ओलीले हृदयेश त्रिपाठीलाई हटाएर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।